Bagmati Samachar Logo

ओली सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली सध्रिने मान्छे नै नभएको दाबी गरेका छन् । नेपालले आफूहरूले सुधार्ने प्रयास गरेको भएपनि पार नलागेको बताएका छन्।

लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै केपी ओली सुध्रिने मान्छे नै नभएको टिप्पणी गरे।

उनले भने, ‘मैले त कति मान्छेहरूलाई भनेँ, तपाईँहरूले सक्नुहुन्छ भनेर सुधार्नुस्, नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर स्यावास् भनौँला। ठुलो मालाले स्वागत गरौँला। सबै मान्छे असल भइदिए हुन्थ्यो नि। देश र जनताको लागि।’

उनले अब आफूहरूको चाहना देशलाई अग्रगतिमा लिएर जानेबाहेक अरू केही नभएको बताए।
नेकपाले देशभरी एकता सन्देश सभा गर्न थालेको छ । आज लुम्बिनी प्रदेशको दाङमा एकता सभा गरेको छ ।