एमालेका मध्यमार्गी पदाधिकारी विष्णु पौडेलदेखि महासेठसम्म ओलीको पक्षमा खुले
काठमाडौं । नेकपा एमालेका मध्यमार्गी ७ जना पदाधिकारी अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेका छन् । ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल ओलीको पक्षमा खुलेका छन् ।
त्यस्तै सचिव भट्टले सचिवालय बैठकमै पार्टी नेतृत्वको बारे अहिले विकल्प खोज्नु हुँदैन भनेको कुरा दोहराए । उनले आफू पदका लागि मरिहत्ते नगर्ने कुरा नेतृत्वलाई भनिसकेको हुँदा जुन ठाउँ र जिम्मेवारी दिइन्छ सोही ठाउँमा सक्रिय भएर काम गर्ने बताए । उनले नेतृत्वका लागि ओलीकै अग्रसरता हुनेमा सहमति भएको पुष्टि गरे ।
एमालेको ११ औँ महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने छ । २८ र २९ मंसिरमा बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने छ । एमालेको ११ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमाले अध्यक्षमा ओली तेस्रोपटक अध्यक्ष हुने तयारीमा छन् ।
एमालेमा निर्णायक भनिएका उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङ अन्त ओलीको पक्षमा खुलेसँगै एमालेको महाधिवेशन झन रोचक हुने देखिन्छ । पौडेल र गुरुङ ओली पक्षमा खुलेपछि पोखरेल पक्षमा दाबबमा हुने छ । उपछिल्लो समय पौडेल र गुरूङ दुवै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग संवादमा थिए । भण्डारी र पोखरेल समूहसँग कुरा नमिलेपछि शुक्रवारदेखि दुवै नेता ओलीतर्फ खुलेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: