Bagmati Samachar Logo

चर्चित जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी प्रवेश, केन्द्रीय सदस्य घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ । खातुन लामो समयदेखि महिला हिसां विरुद्ध अभियान चलाउदै आएकी थिइन् ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले सल्लाह गरेर खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।

खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १६ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । ‘आजभन्दा पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसका विरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भए । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ । सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी छ’, उनले भनिन् ।

उनले देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्य होस् र त्यही चाहना अनुसार अनुसार नेपाली कम्युनिस्ट पार्टीले काम गर्ने उनले विश्वास राखिन् ।