उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चिह्नमा चुनाव लड्ने
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकै चुनाव चिह्नमा चुनाव लड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल हुन् । दुवै दलले २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा पहिलोपटक सहभागिता जनाउँदै छन् । बुधबार निर्वाचन आयोगमा दुवै दलले संयुक्त रूपमा निवेदन दिएका हुन्
अब कुलमान घिसिङको पार्टीको बलेको चिमको चुनाव चिह्न प्रयोग हुनेछ । हाम्रो नेपाल पार्टीको चुनाव चिह्न लाइक छ ।
निर्वाचन प्रयोजनका लागि उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् । आयोगले एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था गरेको छ । त्यसका लागि बेग्लै निवेदन दिनुपर्छ ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: