Bagmati Samachar Logo

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौं । बंगलादेशको एक अदालतले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको कठोर दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

मानवताविरुद्धका विभिन्न अपराधमा दोषी ठहर भएकी हसिनाको अनुपस्थितिमै अदालतले सोमबार फैसला सुनाएको हो। उनी भारतमा निर्वासनमा छिन् ।

गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा मारिएका नागरिकहरूविरुद्ध घातक कारबाहीको आदेश दिएको अभियोगमा सोमबार हसिनालाई दोषी ठहर गरिएको हो ।

लामो समयसम्म चलेको मुद्दा अहिले आएर टुंगिएको हो । यो फैसलाले बंगलादेशमा तनाव थप बढ्ने देखिएको छ ।

आवामी लिगको गढ मानिने गोपालगञ्ज र आसपासका क्षेत्रमा धेरै संख्यामा बंगलादेश सीमा सुरक्षा बल ९बीजीजी० को तैनाथी गरिएको छ ।

फैसला आउने तय भयसँगै आइतबारदेखि नै बंगलादेशमा हिंसा हुँदै आएको छ ।