Bagmati Samachar Logo

सुजन कडरियालाई पदमुक्त गर्दै अखिलले बनायो दीपक धामीलाई अध्यक्ष

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु (अखिल)ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्ने निर्णय निर्णय गरेको छ ।

यसअघि २३ भदौमा सामाजिक सञ्जालबाट राजीनामा दिएका कडरियालाई सोमबार बसेको अखिलको पदाधिकारी बैठकले पदमुक्त गरेर महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

त्यस्तै, वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाएको छ । आजको बैठकले बाँकी पदको हकमा यथावत् हुने निर्णय गरेको छ ।

बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य एवं अखिल इन्चार्ज किशोल किक्रम मल्ल प्रमुख अतिथिको रुपमा उपस्थित थिए । बैठकले गरेको निर्णय सचिवालय र केन्द्रीय कमिटीमा निणायर्थ पेस हुनेछ ।

बैठकको अध्यक्षता संगठनको उपाध्यक्ष अञ्जना शिवाकोटीले गरकी थिइन् ।