दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, आयोगमा दियो दर्ताको निवेदन
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
यसअघि नै दल दर्ताको निवेदन आयोगमा बुझाएपनि उक्त दलका नेताहरू आइतबार आयोग पुगेर हस्ताक्षर गरेका छन् । आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन् ।
अभियानको नाममा आन्दोलन गर्दै आएका प्रसाँई भने उक्त पार्टीको कुनै पदमा बसेका छैनन् ।
प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएकोमा सोही अभियानसँग मिल्दोजुल्दो नाममा दल बनाएका हुन् ।
नागरिक बचाउ दलको सभापतिमा माधव खतिवडा (कल्पित) को नाम रहेको छ । उनले पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य रहेको बताए ।
कल्पितले दुर्गा प्रसाईँको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि दल दर्ता गरिएको र प्रसाईँ संरक्षक रहने बताए ।
सभापति : माधव खतिवडा
उपसभापति : ईश्वरी प्रसाद भट्टराई
उपसभापति : देवीप्रसाद संग्रौला
सहमहामन्त्री : विष्णु क्षेत्री
कोषाध्यक्ष : सुष्मा रेग्मी नेपाल
प्रवक्ता : प्रेम थापामगर
प्रतिक्रिया दिनुहोस्: