Bagmati Samachar Logo

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
विभिन्न दश वटा पार्टी मिलेर बनेको पार्टीले एकता घोषणा लगतै आयोगमा दल दर्ताको निवेदन दिएको हो।

साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिस्ट पार्टी बनाएका हुन्।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

निर्वाचन आयोगमा बुधबार नै नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनले भने,‘नेपाली कम्युनिस्ट पार्टी घोषणा हुनेबित्तिकै दल दर्ताको निवेदन दिएका हौँ ।’

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ ।’
बुधबार नै दश दलबीच पार्टी एकताको घोषणा सभामा काठमाडौंको भृकुटीमण्डपमा भएको छ ।