Bagmati Samachar Logo

केन्द्रीय समितिमा ओलीले चेतावनी दिदै भने– विद्या भण्डारीको माइती बनेर यहाँ नआउनू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको माइती बनेर नआउन नेताहरूलाई चेतावनी दिएका छन् ।

एमाले केन्द्रीय कमिटीको बैठकमा उनले आफूले भण्डारीलाई राम्रोसँग जान्ने भन्दै उनको अप्ठ्यारो बेलाको साथी भएको बताए ।

उनले भने, ‘उहाँ असजिलो अवस्थामा हुनुहुँदा उपचार गर्न निर्णय गरौँ, म ५ लाख उठाईदिन्छु भनेर आग्रह गरेको हो । कसैले यहाँ ठूलो कुरा नगरौँ । म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हो । बरु उहाँले आएर सघाउनुपर्ने हो ।’

जारी केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्न करिब ५० जना सदस्यहरूले माग गरेका थिए।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित पदाधिकारीहरू पनि उनको सदस्यता नवीकरणको पक्षमा उभिएका थिए।