Bagmati Samachar Logo

राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । शीतलनिवासमा सुरु भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्रीहरू सहभागी छन् ।

बैठकमा चुनावको तयारीबारेमा दलको धारणा लिने बुझिएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरूको सहभागिता रहेको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत सहभागी छन् ।

रास्वपाबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी छन् ।