विघटित संसद् पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्छ : केपी ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संसद पुनर्स्थापनाको माग राखेर अगाडि बढ्ने बताएका छन् ।
उनले भने, ‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अगाडि बढ्ने छ । अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन् ।’
ओलीले जेनजी विद्रोहलाई भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गरेको भन्दै आपत्ति जनाए । साथै देशलाई संवैधानिक प्रणालीमा ल्याउन अर्को बाटो नभएको उनले जिकिर गरे ।
उनले भने– ‘भुईँफुट्टा तत्त्व निकालेर शासनका कुरा गर्न खोज्ने ? देशलाई लोकतान्त्रिक प्रणालीमा फर्काउन अर्को बाटो छैन ।’
प्रतिक्रिया दिनुहोस्: