हिटलरसँग तुलना गर्दै ओलीलाई कर्ण थापाले भने– उडन्ते र हावादारी गफले देश बन्दैन
काठमाडौं । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले खास उमेर समूहको धम्की र हावादारीले गफले देश नचल्ने टिप्पणी गरेका छन् ।
आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछि पहिलोपटक सम्बोधन गरेको भोलिपल्ट आज थापाले यस्तो टिप्पणी गरेका हुन् । ‘खास उमेर समूहको धम्कीले देश चल्दैन । उडन्ते र हावादारी गफले पनि देश बन्दैन । बोलीमा सिलताको स्वस्बन्धन आवश्यक छ, अहिले’, थापाले लेखेका छन्, ‘संसार जित्न हिँडेको हिटलर आफैँले बनाएको बङ्करमा आत्महत्या गर्न बाध्य भएको पनि देखिएको हो ।’
साथै, उनले नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली भिमसेन थापा र जङ्गबहादुरको मृत्यु दुखद् प्रसङ्ग समेट्दै भनेका छन्, ‘त्यसैले कुनै पनि किसिमको शक्तिको धाक नलगाऊ, सही विचारले मात्रै देश चल्छ, बन्छ र सबैका स्वीकार्य हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्: