Bagmati Samachar Logo

फेरि अध्यक्ष नै बस्न खोज्यो भन्ने आशंका नगरियोस् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचुन्जेल जिम्मेवारीमा रहेन घोषणा गरेका छन् । काठमाडौंमा दुई देखिजारी केन्द्रीय समितिको बैठक समापन गर्दै प्रचण्डले बाचुन्जेल जिम्मेवारी, पार्टी, आन्दोलन, देश विकासको काममा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले जीवनको अन्तिम समयसम्म पार्टी आन्दोलनलाई निरन्तर योगदान दिने बताएका छन् ।

उनले भनेका छन्, ‘म यति वर्षपछि छोड्छु भनेर घोषणा गर्दैन । छाड्छु भनेर सुख पाउदिन । तर त्यसको अर्थ बिलकुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको होइन । महाधिवेशन गरेर फेरि नेतृत्वमा बस्न खोज्यो भन्ने नलागोस् । यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि आखिरमा उपाय के हुन सक्छ त भन्दा हामी तलसम्म बहस लैजाउ । छलफल गरौँ । हजारौँ र लाखौँ पार्टीका सदस्यहरूका विचार र भावनाहरूलाई केन्द्रित गरौँ । बहस छलफलबाट वृहत् जनवादी अभ्यासहरू गराँै ।’

पदाधिकारीबाट नै कार्यकर्ता र जनतालाई निराश पार्ने काम भएको आरोप लगाएका छन् । उपमहासचिव शर्माप्रति लक्षित गर्दै प्रचण्डले पार्टी निर्णय प्रस्ताव तल पुग्दा नपुग्दै फेरि हामी पदाधिकारीहरूमध्येबाट नै आफ्ना–आफ्ना भनाइ, आफ्ना–आफ्नै तरिकाले बाहिर व्यक्त गर्ने परिस्थिति जेनजी आन्दोलनभन्दा अगाडि बनेको बताए । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गर्नुको अर्थ अध्यक्षमै बस्न खोजेको वा महाधिवेशन गर्न दुराशयपूर्ण भन्ने अर्थ नलागोस् भनेका छन् ।