Bagmati Samachar Logo

नारायाणकाजीले माओवादी बैठकमा अध्यक्ष माग्दा हलमा हाँसोको फोहरा

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी छ । हिजो बिहिवारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुर्नगठन र नयाँ नेतृत्व बारे मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेका थिए । भाद्र २३ र २४ गत्ते जेन जी आन्दोलनने सबै पार्टीहरुमा पुर्नगठनको मुद्दा स्थान पाएको छ ।

माओवादी केन्द्रीय समिति बैठक आजसम्म चल्ने छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धाराणा राख्ने क्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेपछी बैठक हल हाँसोको फोहराले गुञ्जिएको थियो । एक केन्द्रीय सदस्यले भने, ‘म पनि हाँसे हामीले उनलाई प्रतिप्रश्न गरौ, अध्यक्ष पछि वरिष्ठ उपाध्यक्षले अध्यक्ष दाबि गर्नु स्वभाविक होइन र ? उनको उत्तर थियो, अहिले दुई कारणले उयपुयत्त छैन । पहिलो, अध्यक्षले राजीनामा दिएको अवस्था छैन, दोस्रो, अध्यक्ष माथि कारवाही वा अरु कुनै किसिमको मुद्धा नभएको समयमा कार्यवाहक माग्ने कुरा स्वभाविक रहन्न ।’

त्यस्तै बैठकमा सहभागी अर्को केन्द्रीय सदस्यले, ‘नारायणकाजी कमरेडले कार्यवाहक माग्ने र नदिए पार्टी विभाजन गर्न सक्ने समेत योजना रहेको कुरा बताए । नारायणकाजी निकट एक केन्द्रीय सदस्यले आफूहरुको पार्टी विभाजन गर्ने योजना नभएको बताए । मात्र नेतृत्व परिवर्तनको कुरा अघि सारेको बताए । उनले थपे हामी माथि सस्थापन पक्षले पटक–पटक यस्तो आरोप लगाउँदै आएको छ । हामी यसलाई चिरेर अघि बढ्छौ, पार्टी निर्माण र शुद्धिकरण बाहेक हाम्रो अर्को एजेण्डा छैन ।

विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।