Bagmati Samachar Logo

नारायणकाजीलाई व्यंग्य गर्दै दाहालले भने– धर्मगुरुका खुट्टा ढोगेर अध्यक्ष पाइँदैन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहालले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ब्यग्य गर्दै धर्म गुरुका खुट्टा ढोगेको भरमा अध्यक्ष पद नपाइन बताएका छन् ।

काठमाडौंको प्रज्ञाभवनमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका तीन वटा प्रतिवेदनमाथि समुहगत छलफल गर्ने क्रममा दाहालले माओवादीको अध्यक्ष आन्दोलन, संघर्ष र विधि प्रक्रियाबाट हुने हो नकि धर्म गुरुका खुुट्टा ढोगेको भरमा पाइन्छ ।

केहि समय पहिला श्रेष्ठले बौद्ध धर्म गुरुको खुट्टा ढोगेको फोटो भाइरल भएको थियो । फोटो भाइरल भएपछि श्रेष्ठले आफू माक्र्सवादी भएपनि आध्यात्मिक पनि भएको स्पष्टिकरण दिएका थिए ।

आजको बैठकमा बोल्ने क्रममा श्रेष्ठले आफूले अध्यक्ष पाउनुपर्ने र पुष्पकमल दाहाल प्रचण्डले बिदा लिएर सम्मानित रूपमा बस्नुपर्ने आसयको कुरा सम्बोधनको क्रममा राखेका थिए ।

श्रेष्ठले बैठकमा अब अध्यक्ष प्रचण्डले बिदा भएर नयाँ नेतृत्व तोक्नु पर्ने बताएका थिए ।

केहि दिन पहिला बसेको पदाधिकारी बैठकमा पनि श्रेष्ठले आफूले कार्यवाहक अध्यक्ष पाउनुपर्ने माग राखेका थिए ।
तर माओवादीको समुहगत छलफलमा अधिकासं समुहमा प्रचण्डको विकल्प नभएको मत आएको विभिन्न समुहमा छलफलमा सहभागी नेता बताउछन् ।