Bagmati Samachar Logo

समुहगत छलफलमा झण्डै ओम शर्मामाथि हातपात

काठमाडाैं । नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा झण्डै हात हालाहालको अवस्था आएको छ ।

माओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दशन शर्माका राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफ गर्ने क्रममा पार्टीका विभिन्न आयोगको

समुहमा केन्द्रीय सदस्य ओम शर्मामाथि झण्डै हातपातको अवस्था आएको समुहगत छलफलमा सहभागी नेताले बताए ।
समुहगत छलफलमा बोल्ने क्रममा शर्माले प्रचण्डका झोले र भ्रष्टाचारीहरु भनेपछि सहभागीहरुले कसले गरेको छ भ्रष्टाचार को हो झोले भन्दै आक्रोस पोखेका ती सहभागी नेताले बताए ।

ती नेताले भने,को हो झोले ? कसले गरेको छ भ्रष्टाचार देखाउ भन्दै आक्रोस पोखेका थिए । एक जना सहभागी शर्माको कठालो समात्न पुग्नु भयो । हल्ला भएपछि केहि साथिहरुले रोक्नु भयो ।

माओवादीको केन्द्रीय समिति बैठकमा तीन वटा प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमाथि समुहगत छलफल गर्ने क्रममा शर्माले झोलेहरुका कारण पार्टी बिग्रेको र सबैले भ्रष्टाचार गरेर कमाएको बताएका थिए ।

हातपात हुने अवस्था आएपछि छलफल नै रोकिएको ती सदस्यले बताए । ती सदस्यले भने विवाद यति उग्र भयो कि ती जना साथिहरु छ ओम शर्मालाई कुट्न नै जानु भयो । एक जना त ६० वर्ष कटेका वृद्ध हुनुहुन्थ्यो ।

प्रचण्डको राजनीतिक प्रतिवेदन माथि श्रेष्ठ र शर्माले फरक मत राखेका छन् ।
आजको बैठकमा प्रचण्ड, श्रेष्ठ र शर्मा बोलेका थिए । बैठकमा पनि प्रचण्ड एकातर्फ र श्रेष्ठ, शर्मा अर्का तर्फ उभिएका छन् ।
ओम शर्मा जनार्दन शर्माका बहिनी ज्वाई हुन् ।