Bagmati Samachar Logo

उपमहासचिव जनार्दन शर्मा केन्द्रीय समिति बैठकमा युटर्न

काठमाडाैं । उपमहासचिव जनार्दन शर्माले केन्द्रीय समिति बैठकमा युटर्न भएका छन् ।

केन्द्रीय समिति   बैठकमा बोलेका शर्माले अहिलेका बसै पदाधिकारी विदा हुनु पर्ने र नयाँ पुस्तालाई नेतृत्व दिनु पर्ने प्रस्ताव राखेका छन् ।

बैठकमा बोल्ने क्रममाा शर्माले अहिलेका भएका पदाधिकारी सबैले ससम्मान विदा भएर नयाँ नेतृत्व ल्याउनु पर्ने माग राखेका अर्का एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले शर्माको भनाइ भन्दै भने, ‘अहिलेका पदाधिकारीहरु विदा भएर वैचारिक काममा लागौँ । नयाँ नेतृत्वलाई जिम्मा दिँउ । अहिलेको समयको माग अनुसार चल्नु पर्छ । पछिल्ला राजनीतिक घटनाहरुले पनि त्यहि सन्देश दिएको छ । ’

अध्यक्ष प्रचण्डले बैठकमा पहिला कुरा राखेका थिए । उनले आजको बैठकमा विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

प्रचण्डले सम्बोधनमा नेतृत्व सँधै आफ्नै हातमा हुनुपर्छ भन्ने नसोचेको बताएका थिए । उनले भनेका छन्, ‘कसैले कसैलाई नेतृत्व गर भनेर दिर्दैन । नेतृत्व आवश्यकताले जन्मने हो । नेतृत्व आन्दोलनबाट जन्मन्छ । यो हस्तान्तरण गरेर सर्ने कुरा होइन । विधि र प्रक्रियाबाटबाटै नेतृत्व हस्तान्तरण हुन्छ ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले प्रतिवेदनमा क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा देश उभिएको भन्दै वस्तुगत र आत्मगत समिक्षाबाट नयाँ रणनीति तय गर्नु पर्ने र अबको लडाई साम्राज्यवादी र घरेलु दलाहरुसँग हुने कुरा बैठकमा प्रस्तुत गरेको बैठकमा सहभागी एक नेताले बताए । प्रचण्डले भनेका छन्, ‘हामी राजनीतिक रुपमा सहि भएपनि कार्यान्वयनमा कमजोरी छ । पार्टी र जनताबिचका अन्तर्विरोधका कारण आफ्नै मुद्दामा नेतृत्व लिन नसके सकेनौँ । आत्मसमिक्षा गरेर अगाडि बढ्नु पर्छ ।’

प्रचण्डले बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारको दमन र प्रतिक्रियावादी शक्तिको चलखेलका कारण भयावह भएको बताएका छन् ।

उनले आफ्नो पहलले नै संविधान, लोकतन्त्र र क्रान्तिका उपलब्धि जोगाउन सफल भएको बताएका छन् ।
प्रचण्डले मंसिरमा विशेष वा एकताको महाधिवेशन गर्ने र्र वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन् ।

प्रचण्डले बैठकमा महाधिवेशनमा जेनजी पुस्तालगायत युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गराउने पनि बताएका छन् ।

त्यस्तै, तोकिएको समयमा नै आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् । निर्वाचनमा पार्टीको तर्फबाट युवा पुस्ता र नयाँ अनुहारलाई टिकट दिदा प्राथमिकता दिने बताएका छन् ।
समाजवादी मोर्चामा रहेका दलहरूसँग एकताको प्रक्रिया अघि बढिरहेको पनि बैठकमा बताएका अर्का केन्द्रीय सदस्यले बताए ।

आजै प्रदेश अध्यक्षबाट रिर्पोटिङ र समूहगत छलफल हुने छ । सुरुमा एक दिनलाई बोलाएको बैठक दुई दिनसम्म चल्ने छ ।