Bagmati Samachar Logo

माओवादीमा सबै समितिमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट (१२–२८) जने जी समूहले पार्टीका सबै समिति २५ प्रतिशत जेन जी को प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । जेन जी समुहका प्रतिनिधिहरुले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।

पार्टीका सबै तह (केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति) मा २५ प्रतिशत सदस्यहरु जेनजी पुस्तालाई प्रतिनिधित्व गराउनु पर्ने माग गरेको छ । ज्ञापन पत्रमा भनिएको छ , ‘जेन जी को मागहरु प्रत िहाम्रो पार्टीले सुरुमै सहमति जनाएको र हाम्रो पार्टीले उठादै आएको मागहरु भएकाले यो पुस्ता नै हो जो अबको नेपालको राजनीतिमा निर्णायक भूमिकामा छ । यसो गर्दा पार्टी गुर्नगठनमा हामी मुख्य भूमिकामा आएर समग्र राजनीतिक ,वैचारीक, सांगठनिक रुपमा पार्टीलाई जेन जी पुस्ताको नेतृत्व तहसम्म लैजान्छौँ पार्टीले यो कुरा गम्भीरतापूर्वक लिइयोस ।’

हाल नेपालको ठुलो हिस्सा युवाहरू जेनजीमा छ, तिनीहरूको आवाज संरचनागत तहमा प्रतिबिम्बित हुनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । भनिएको छ , ‘राजनीतिक उत्तराधिकार र नवीन सोच पुराना पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको ऊर्जा, प्रविधि दक्षता र नयाँपनको संयोजनले मात्र पार्टी दीर्घकालीन रूपमा जीवन्त रहन सक्छ ।’

गत २३ र २४ भदौमा जेन जी को प्रर्दशन पछि दुईतिहाइको सरकार ढलेको छ । संसद विघटन भएको छ । अन्तरिम सरकार गठन भएको छ ।

पार्टीहरु रक्षात्मक बनेका छन् । सबै पार्टी चित्र संगठन र नेतृतव पुनर्गठनको माग उठिरहेको छ। माओवादी पार्टीमा पनि पुनर्गठनका लागि अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।