Bagmati Samachar Logo

प्रचण्डको प्रस्ताव माओवादी केन्द्रीय समिति भंग गर्ने र विशेष महाधिवेशनमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माणको प्रस्ताव गरेका हुन् ।

पदाधिकारी बैठकमा प्रचण्डले तत्काल केन्द्रीय समिति बैठकबाट महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गर्दै आइरहेका छन् । जेन जीको प्रर्दशनले राजनीतिक दलहरु र तीनको नेतृत्व प्रतिको वितृष्णा जनाएको छ । प्रचण्डले पनि अहिलेको माग अनुसार केन्द्रीय समिति नै भंग गरेर विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।