चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारीको भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूबीच भेटघाट र छलफल भएको छ ।
भेटघाटमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् ।
उक्त भेटघाटमा विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने सहभागी भएनन् ।
समसामयिक विषयमा छलफल गर्न भेटघाट भएको र सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने गरी छलफ भएको एक सहभागी नेताले जानकारी दिए ।
अहिलेको संकटबाट निकास दिन कांग्रेस एकतबद्ध भएर नेतृत्व लिनेगरी अगाडि बढ्नु पर्ने छलफल भएको ती नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्: