कमजोरीको समीक्षा हुन्छ, एमालेलाई विग्रह हुन दिँदैनौं : ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन नदिने बताएका छन् ।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेभित्र अब के हुन्छ भनेर शंका नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ। पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ। देशव्यापी रुपमा संविधान दिवस मनाइरहँदा नेकपा एमालेभित्र कहीँ कतै केही होला भन्ने शंका होला। एमालेभित्र कुनैपनि किसिमको विग्रह हुनेवाला छैन। हामी विग्रह हुन दिनेवाला छैनौँ। कमजोरीहरु सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ ।’
उनले अब पार्टीमा पनि समीक्षा हुने बताएका छन् ।
उनले भने, ‘बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ। एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन। यो असंख्य हाम्रा अग्रज, शहीदहरुले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौं ।’
एमालेले संविधान दिवस मनाएको छ । ओली भने कार्यक्रममा सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस्: