कुलमानको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गरेसँगै घिसिङले विभिन्न व्यावसायिक घरनाले लामो समयदेखि तिर्न बाँकी रहेको उक्त वक्यौता रकम तत्काल उठाउन निर्देशन दिने निर्णय गरेका हुन् ।
उनी यसअघि प्राधिकरणको दुई कार्यकाल कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन् । प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको सवा ८ अर्व रूपैयाँ बक्यौता उठाउन बाँकि रहेको बताएको छ ।
शीतलनिवासमा शपथलगत्तै मन्त्रालय नपुगी महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी भवन र घाइतेको अवस्था बुझ्न उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
उक्त रकम उठाउन लागी परेका उनलाइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले हटाएर हितेन्द्रदेव शाक्यलाइ नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: