Bagmati Samachar Logo

मन्त्रीहरूको शपथमा राष्ट्रियसभा अध्यक्ष उपस्ति हुँदा, सभामुख र उपसभामुख अनुपस्थित

काठमाडौं । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार तीन मन्त्रीहरूको शपथ हुँदा राष्ट्रियसभाका अध्यक्ष उपस्थित हुँदा, प्रतिनिधि सभाका सभामुख र उपसभामुख अनुपस्थित भएका छन् ।

निर्वाचन घोषणा भइसकेकाले निर्वाचनको मनोनयन गरेको दिनसम्म सभामुख र उपसभामुखको पद रहने प्रावधान छ । तर सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना समारोहमा उपस्थित भएनन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथ गराएका थिए ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको शपथ ग्रहणमा भने राष्ट्रिय सभाका अध्यक्ष दाहाल अनुपस्थित थिए ।

सभामुख घिमिरे र उपसभामुख राना भने जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे ।