Bagmati Samachar Logo

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतलनिवासमा सोमबार मध्याह्न राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

नवनियुक्त मन्त्रीमा रामेश्वर खनालले अर्थ , कुलमान घिुसिङ ऊर्जा र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थहरूको सहभागीता थियो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि शपथ ग्रहण समारोहमा सहभागी थिए।