Bagmati Samachar Logo

सुशीला क्याबिनेटमा कुलमान र रामेश्वरकाे मन्त्रीमा नाम फाइनल

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लागेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ ।

प्रधानमन्त्री कार्कीले कार्यभार सम्मालेको दिनमा तीन मन्त्रीहरूको नाम टुंगो लागेको छ । उनीहरूको शपथ भोलि सोमबार हुने तय भएको छ ।

मन्त्रीमा टुंगो लाग्नेमा खनाल पूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।अर्यालले काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।

खनालको नेतृत्वको आर्थिक पुनर्संरचना आयोग बनेको थियो । खनाल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनका केही बुँदा समेटेर निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेट ल्याएका थिए ।

घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीको जोडबलमा प्राधिकरणबाट हटाइएको थियो । अर्याल सुरबाट नै जेन जीको तर्फबाट विभिन्न वार्तामा सहभागी हुँदै आएका थिए ।