राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत, घोषणा हुन बाँकि
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो। उक्त समयभित्र उनीबाहेक अरु कसैको पनि मनोनयन दर्ता नगरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन्।
उनको प्रस्तावक समितिका निर्वतमान सभापति खतिवडा थिए भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए।
न्यौपाने सर्वसम्मत निर्वाचित भएको घोषणा बुधबार मात्रै हुनेछ। बुधबार समितिको बैठक बस्दैछ। न्यौपानेलाई कांग्रेस संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा गर्न लगाएर राज्य व्यवस्था समितिमा ल्याएको हो।
उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ।
संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको प्रावधानको विषयमा चलखेल भएपछि तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।
चलखेलको छानबिन गर्न बनेको समितिले रामहरिलाई जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए। उक्त रिक्त पदमा न्यौपाने सर्वसम्मत भएकी हुन्।
प्रतिक्रिया दिनुहोस्: