Bagmati Samachar Logo

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो : भीम रावल

काठमाडौं । भीम रावलले नेपाली भूमिमाथि चीन र भारतले व्यापार गर्ने गरि गरेको सहमतिप्रति आपत्ति जनाएका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै रावलले नेपाली भूमिलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने कुरा नेपालको हित, स्वाधिनताको पक्षमा नभएको बताएका हुन् । साथै, उनले नेपालको अखण्डताको रक्षामा लाग्न सरकारलाई आग्रहसमेत गरेका छन् ।

उनले विगतका दिनमा समेत उक्त भूमिबारे बहस नभएको भन्दै नेपालका राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितको प्रवर्द्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितको धारमा अगाडि बढाउने माध्यम बनाउनुको सट्टा सत्ता स्वार्थमा लाग्ने प्रवृत्तिले आजको समस्या देखिएको टिप्पणी गरेका छन् ।