एमाले कांग्रेसले हटाउने तयारी गरिरहदा उपसभामुख इन्दीरा राना अमेरिकामा
काठमाडौं । उपसभामुख इन्दिरा राना अहीेले अमेरिका भ्रमणमा छिन् । व्यक्तिगत कामका लागि साउन ३० गते अमेरिका गएकी छन् । उनी भदौ १३ गते स्वदेश फर्कने छिन् ।
नेपालमा उपसभामुख रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन सुरु गरेका छन्। राना अमेरिका भ्रमणमा रहँदा उनलाई पदबाट हटाउन एमाले कांग्रेसले आन्तरिक तयारी गरिरहेका छन् ।
उपसभामुख राना व्यक्तिगत कामका कारण अमेरिकामा रहेको रास्वपा सांसद सन्तोष परियारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: