नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआएका सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए ।
नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्ता गरेका छैनन् ।
बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन् । नेपाल सरकार, नेपाली जनता, नेपाली कानुनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरूले तिर्नैपर्ने बताए ।
नेपालमा प्रयोग हुने कम्पनीहरूले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताए । यदि नेपालको कानुनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस्: