Bagmati Samachar Logo

रामहरिले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका उनले आज (बुधबार) सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका हुन् ।

निजामती विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छलछाम भएको विषयमा गठित संसदीय छानबिन समितले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।

त्यसपछि उनले राजीनामा दिएका हुन् ।