रास्वपा महामन्त्री दाबी गर्दै मुकुल ढकालले दिएको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरेको हो ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो।
त्यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले गत असार १२ गते रास्वपा र यसको नेतृत्वसँग लिखित जवाफ माग गरेको थियो।
साथै अन्तरिम आदेश जारी हुने कि नहुने भनी निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा पनि बोलाएको थियो।
रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्: