Bagmati Samachar Logo

विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन एमालेले नबनाएको बताएका छन् ।

सोमबार मदन आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षको सपथग्रहरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने हो तर व्यक्तिको कब्जामा जाने गरेको बताए ।

उनले भने, ‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्‍यो । पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरूले छाड्दै नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई ग्रिपमा लिएर कब्जा गरिए । परिवर्तनको पक्षमा नलागेर व्यक्तिको ठगी खाने भाँडो बनेका छन् ।’

उनले पार्टीका संस्था सामूहिक हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । उनले भने, ‘मदन आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेख्ने र प्रकाशित हुने भए । त्यसपछि मदन आश्रित स्मृति प्रतिष्ठान जन्मिएको हो ।’

उनले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताए । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् ।

‘कम्युनिस्ट पाठशाला कि के भनेर बनाएको छ एउटा । त्यो व्यक्तिको हो कि परिवारको हो कि ?