Bagmati Samachar Logo

रास्वपाले रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा आउदो कार्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेर निवेदन दिएका ९ जनासँग सामूहिक रुपमा छलफल गर्न लागेको छ।

कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।

सहमहामन्त्री विपिनकुमार आचार्यले उनीहरूसँग छलफल चलाउन लागेका हुन्। आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चःमतिमा छलफल हुने रास्वपाले जानकारी दिएको छ ।

छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।

२०७९ मंसिरमा भएको निर्वाचनमा राप्रपाका दीपक बोहरा रूपन्देही ३ बाट निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
रास्वपाले उम्मेदवार हुन चाहनेलाई निवेदनको आह्वान गरेको छ । जसमा ९ जनाले निवेदन दिएका छन् ।