Bagmati Samachar Logo

जनार्दनलाई नारायणकाजीले भने– जनार्दनले पार्टीको आन्तकिर कुरा बाहिर लैजानु गलत हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नु गलत भएको बताएका छन् । पार्टीका स्थायी समिति बैठकमा आफ्ना धारणा राख्दै पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताएका सहभागी एक स्थायी समिति सदस्यले बताए । श्रेष्ठको भनाइ भन्दै ती सदस्यले भने, ‘जनार्दनजीले पार्टीको विधि र पद्धतिको पालना गर्नु पर्छ । विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकताबद्ध बनाउनुपर्छ । पार्टीभित्रका कुराहरू सार्वजनिक गरेर राम्रो गर्नु भएन।’

शर्माले लामो समयदेखि बैठकको ‘माइन्युट’मा हस्ताक्षर गरेका छैनन् । उनले ‘माइन्युट’मा हस्ताक्षर नगरेर प्रक्रिया र पद्धति मिचेको श्रेष्ठको भनाइ छ ।

बैठकमा सहभागी हुने तर ‘माइन्युट’मा हस्ताक्षर नगर्नु पार्टी विधि विधानविपरीत भएको बताएका छन् ।

पेरिसडाँडामा पार्टीको स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले जनार्दन शर्मालाई लक्षित गर्दै पार्टीको उपमहासचिव स्वीकार्ने, बैठकमा सहभागी हुने तर ‘माइन्युट’मा हस्ताक्षर नगर्नु गलत भएको बताएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए ।

ती सदस्यले श्रेष्ठको भनाइ उल्लेख गर्दै भने, ‘पार्टीको पद स्वीकारेर बैठकमा सहभागी हुने आफ्ना कुरा राख्ने तर माइन्युटमा हस्ताक्षर नगर्ने कुरा ठीक होइन । गलत हो । यो कुरा विधिविपरीत हो । यो विषयमा दायाँबायाँ हुन्न । तत्काल हस्ताक्षर गरिहाल्नुपर्छ ।’

श्रेष्ठले पार्टीभित्रका आन्तरिक कुराहरू अनावश्यक रूपमा बाहिर लैजाने कुरा पनि गलत भएको बताएको ती सदस्यले बताए ।

उनले भनेका छन्, ‘अहिले माओवादी पार्टीलाई एकताबद्ध गर्ने बेला भएको र सबै प्रचण्डको विचारमा एकमत हुनुपर्छ । माओवादी पार्टीलाई एकताबद्ध गराउने बेला हो । सबै अध्यक्षको विचारमा एकमत हुनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधिको पालनामा जोड दिएका छन् ।