Bagmati Samachar Logo

स्थायी समिति बैठकमा पासाङले भने– जनयुद्धको बेलाको प्रभाकर देखिन

काठमाडाै‌ । नेकपा माओवादीको जारी स्थायी समिति बैठकमा उपाध्यक्ष नन्दबहादुर पुन पासाङले जनयुद्धको समयको प्रभावक नदेखेको बताएका छन् ।
पासाङले आफ्नो धारणा राख्ने क्रममा जनयुद्धको समयमा जस्तो जनार्दन शर्मा प्रभाकर थिए त्यो अहिले पुरै परिवर्तन भएको आफूले पाएको बताएका छन् ।

पासाङको भनाइ भन्दै एक स्थायी समिति सदस्यले भने, ‘प्रभाकर जनयुद्धमा पार्टीका विरुद्ध लाग्नेका विरुद्ध लड्नु हुन्थ्यो । अहिले त्यस्तो पाइन् । उहाँले अध्यक्षको भनाइ खारेज गर्नु भयो । म तपाईको यो प्रवृतिको खारेज गर्छु ।’

माओवादीमा हिजो पनि अतिवादी प्रवृति थियो र अहीले पनि समस्याको रुपमा रहेको उनले बैठकमा बताएका छन् । ती स्थायी सदस्यले पासाङको भनाइ उदृत गदै भने, ‘हिजो यो प्रवृति विप्लवमा थियो । अहीले हाम्रो पार्टीमा पनि देखिएको छ ।’