Bagmati Samachar Logo

शक्ति बस्नेतले जनार्दनलाई लक्षित गर्दै भने–आत्मालोचना पनि नगर्ने को बाट सञ्चालित हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव शक्ति बस्नेतले अर्का उपमहासचिव जनार्दन शर्माको कटुरुपमा आलोचना गरेका छन् । बैठकमा जनार्दनलाई प्रश्न गर्दै बस्नेतले भने, ‘भनेको नमान्ने, आत्मआलोचना पनि नगर्ने, नेतृत्वको विरुद्ध बोल्ने। उहाँको स्रोत के हो ? को बाट परिचालिन हुनुहुन्छ ?’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै आएका उपमहासचिव जनार्दन शर्माले आत्मालोचना नगरेको भन्दै अर्का उपमहासचिव शक्ति बस्नेतले आपत्ति जनाएका छन्।

जारी स्थायी समिति बैठकमा बोल्ने क्रममा बस्नेतले शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

जनार्दनले पार्टीभित्र विधि र प्रकृयाको कुरा उठाउँदै रूपान्तरण गर्नुपर्ने बताइरहेका छन्। शर्माले सार्वजनिक रुपमा नै प्रचण्डको आलोचना गर्दै आएका छन् ।