Bagmati Samachar Logo

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, लामा पक्षका तीनजना मन्त्री बन्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले राजीनामा दिएपनि उनी पक्षका तीन जना मन्त्री बानीयाँको मन्त्री परिषदमा मन्त्री हुने छन् ।

कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएका लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा आज मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको उनीनिकट नेताहरूले जानकारी दिए ।

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री लामाविरूद्ध बागमती कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएर पारित भएको थियो । संसदीय दलको नेताका लागि पुनः चुनावमा प्रतिस्पर्धा गरेका लामा बानियाँसँग पराजित भएका थिए ।

संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पद नछाड्ने अडान उनको रहेको थियो । यद्यपि, शुक्रबार पार्टी सभापति देउवासँग छलफलपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका थिए ।

शुक्रबार काठमाडौंबाट हेटौँडा फर्किएका लामाले समय शनिबार राजीनमा बुझाउने भएका छन् ।

लामाले राजीनामा दिएपछि उनले नियुक्त गरेका तर शपथ ग्रहण गर्न नपाएका तीन मन्त्रीहरू बानियाँको पालामा पुनस् मन्त्री बन्ने सहमति भएको छ ।