क्रान्तिकारी सुकुम्वासी संघको संयोजकमा भिम चापागाई
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको केन्द्रीय संयोजकमा भिम चापागाईँ चयन भएका छन् । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेलाबाट चापागाईँ संयोजक चयन भएका छन् । साउन १५ र १६ गते कास्कीको पोखरामा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट चापागाईँको नेतृत्वमा २१ सदस्यीय केन्द्रिय समिति गठन भएको छ।
जसमा केन्द्रिय संयोजक चापागाईं, केन्द्रिय सचिवालय सदस्यहरु हिमलाल वाग्ले, गङ्गा गुरुङ, तिलक बिक, सन्ध्या प्रधान, युवराज न्यौपाने,देबि थापा,केन्द्रिय सदस्यहरुमा पवन गुरुङ,चक्र बहादुर खत्री, सृजना शाक्य, राम प्रसाद कंडेल र उदय पराजुली लगायत छन् ।
कार्यक्रमको अध्यक्षता भिम चापागाईंले गरेका थिए । आयोजकको तर्फबाट स्वागत सन्ध्या प्रधानले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ पोलिट्ब्युरो सदस्य सिताराम तामाङ्ग थिए । अन्य अतिथि पोलिट्ब्युरो सदस्य केश बहादुर परियार,केन्द्रिय समिति सल्लाहकार सदस्य द्वय रामजी थापा युवराज न्यौपाने,रक्तिम सांस्कृतिक परिवारका केन्द्रिय अध्यक्ष नारायण शर्मा ,पार्टीका केन्द्रिय सदस्यहरु बाबुराम सुबेदी,बिक्रम थापा,भिम श्रीस,सुशीला थापा ,दिपक गुरुङ,नेवा मुक्ति मोर्चाका केन्द्रिय सदस्य निल प्रसाद श्रेष्ठ,क्रान्तिकारी महिला संघकि केन्द्रिय सदस्य देवी थापा,जनसाँस्कृतिक महासंघ बाट अग्निराज पौडेल ,अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य दिनेश जोशी,अग्राधार टि भि का सञ्चालक राम घले परियार,अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाकि केन्द्रिय सदस्य गंगा गुरुङ लगायत थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिताराम तामाङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: