बागमती प्रदेश सभामा कांग्रेस दलकाे नेतामा बानियाँकाे पक्षमा बहुमत
हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। मंगलबार भएको मत विभाजनमा ईन्द्र बहादुर बानियाँकाे पक्षमा बहुमत पुगेकाे छ । मुख्यमन्त्री समेत रहेका दलका नेता लामाको पक्षमा १५ मतमात्र परेसंगै दलकाे नेताबाट हटेकाछन् । बानियाँकाे पक्षमा २२ सांसदले मत दिएका छन् । प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।
यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँ कांग्रेस दलकाे नेता बनेका छन् । याे संगै मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।
प्रतिक्रिया दिनुहोस्: