आक्रामक बन्दै गएकी विद्या भण्डारीबाट झस्किएका ओली पार्टी नेताहरुसँग निरन्तर भेटघाटमा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकारसम्मेलन गरेर आफ्नो पार्टी सदस्यता कसैले खोस्न नसक्ने बताइन् । एमालेले पार्टीको नवौं केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई पार्टी राजनीतिमा निषेध गरेको छ । उनको नविकरण भएको पार्टी सदस्यता पनि खारेज गरेको छ । त्यसपछि भण्डारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रति आक्रोसित बन्दै कढा अभिव्यक्ति दिएकी छन् ।
भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर ४५ वर्षअघि मदन भण्डारीले दिएको पार्टी सदस्यता खोस्न नसक्ने कडा अभिव्यक्ति दिएकी छन् । पार्टीले गरेको यस्तो निर्णय संविधानप्रदत्त मौलिक हकको खिलाफ रहेको बताउँदै नागरिक भइसकेको व्यक्तिको पार्टी सदस्यता खोस्न नमिल्नेसमेत जिकिर गरिन्। उनले भनेकी छिन्, ‘आजभन्दा ४५ वर्ष पहिला मदन भण्डारीले मेची कोशीको इन्चार्ज हुँदा दिएको पार्टी सदस्यता हो । यो मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेर खोस्न सक्दैनन् । राष्ट्रपति हुँदा पार्टी सदस्यता लिएको ३५ वर्ष भएको थियो । अहिले ४५ वर्ष भयो ।’
यता ओली भने निरन्तर पार्टीमा आफू विरुद्ध नेता कार्यकर्ताहरु नलागुन भनेर सम्वादमा छन् । भण्डारीले एमाले केन्द्रीय कमिटी बैठक चलिरहदा पनि पत्रकारसँग भेटभाट गरेर माँझ किारतको छोरी हुँ अब पछाडि नफर्कने घोषणा गरेकी थिइन् ।
उनको सक्रियताबाट झस्किएका प्रधानमन्त्री तथा अध्यक्ष ओली निरन्तर प्रदेश प्रदेशका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त छन् ।
अध्यक्ष ओलीले पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्।
शनिबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। पत्रकारसम्मेलनमा पूर्व उपाध्यक्षकौ रुपमा आफूलाई प्रस्तुत गरेकी थिइन् । भण्डारीले निरन्तर सम्भय भाषामा एमाले नेतृत्वमाथि हमला गर्न नरोकिएपछि ओलीले पनि पार्टी नेताहरुलाई आफूसँग उभिन भेटघाट छलफल गरिरहेका छनन् ।
शनिबार साँझ बालुवाटार पुगेका कर्णालीका केन्द्रीय सदस्यहरूलाई ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफूसँग सल्लाह नै नगरी एक्कासि पार्टीमा सक्रिय हुने घोषणा गरेको बताएका थिए।
भेटघाटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भण्डारीले आफूसँग सरसल्लाह नै नगरेर राजनीतिमा आउने घोषणा गरेको बताएका थिए । ती केन्द्रीय सदस्यले ओलीको भनाइ भन्दै भने, ‘उहाँलाई पार्टीले निर्णय गरेर राष्ट्रपतिमा पठाएको हो। त्यहाँबाट फर्किएपछि उहाँले पार्टीमा फर्कनेबारे कुनै सरसल्लाह गर्नुभएन। पार्टी कार्यालय पनि आउनु भएन। एकैचोटी पार्टीमा फर्कने घोषणा पो गर्नुभयो ।’
ओलीले विधानको धारा ८ को उपधारा ३ अनुसार भण्डारीलाई रोकेको प्रष्टिकरण दिएका थिए । उनले भनेका थिए, ‘उहाँले एकैपटक सक्रिय राजनीतिमा फर्किएको घोषणा मात्रै गर्नुभएन। सदस्यता नवीकरण गर्ने, पार्टीको महाधिवेशनमा प्रतिनिधि बन्ने र अध्यक्ष उठ्ने तयारीका साथ आउनुभयो, जुन पार्टी विधानको धारा ८ (३) प्रतिकूल हो ।’
उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनेकुरा अनुचित भएको बताएका थिए। फर्कने नै हो भने पनि विधानको धारा ८ अनुसार सदस्यता त्याग गरेकाले नयाँ सदस्यता लिनुपर्ने तर्क गरेका थिए। अध्यक्ष ओलीले पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकमा पनि यही तर्क गरेका थिए।
भेटघाटमा सहभागी अर्का केन्द्रीय सदस्यले अध्यक्ष ओलीले भण्डारीले पत्रकार सम्मेलनमार्फत् ‘हुलहुज्जत गरेर मेरो सदस्यता खोस्ने काम भयो’ भनेका प्रति आपत्ति जनाएका थिए।
‘केन्द्रीय कमिटी बैठक चलिरहँदा पनि उहाँले समानान्तर ढंगले पत्रकार सम्मेलन गर्नुभयो। हिजो पनि उहाँले हुलहुज्जत गरेर मेरो सदस्यता खोसियो भन्नुभएछ। कहाँ हुलहुज्जत गरियो त ?,’
ओलीले आफूले मात्र नभएर केन्द्रीय कमिटीले गरेको निर्णय गरे भण्डारीलाई राजनीतिमा आउन रोक लगाएको बताएका थिए । बरू पूर्वराष्ट्रपति आफै पत्रकार सम्मेलन गर्ने जस्ता गतिविधि गरेर हुलहुज्जतको शैलीमा प्रस्तुत भएको ओलीले बताएका थिए।
अध्यक्ष ओलीले भण्डारीको सक्रियतासानो हावाको झोक्का भएको बताएका थिए ।
‘उनले भने, ‘एमालेको संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका
हो । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर प्रस्तुन हुनुहोस्।’
पार्टीभित्र अस्थिरताको हावा चलाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा पूर्वराष्ट्रपति भण्डारी लाग्नु एमालेका लागि दुखद कुरा भएको बताएका थिए।
सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी पूर्वराष्ट्रपतिले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो आफूले कल्पना पनि नगरेको ओलीले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्: