दिउँसो राजीनामा दिएका बागमतीका मन्त्रीलाई साँझ मुख्यमन्त्री लामाबाट बर्खास्त
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले दिउँसो राजीनामा दिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् । तर यी चारै जना मन्त्रीले लामालाई दलको नेताबाट र मुख्यमन्त्रीबाट हटाउने योजनाअनुसार नै राजीनामा दिएका थिए ।
लामाले बर्खास्त गरेका चारै जना मन्त्री नेपाली कांग्रेसका हुन् । मुख्यमन्त्री लामा पनि कांग्रेसका हुन् ।
मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेका हुन् । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्: