विधेयक फिर्ता पठाएको भोलिपल्टै राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे पुगे शीतलनिवास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख घिमिरे शीतलनिवास पुगेका हुन् । भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा २९ देखि ३१ जुलाईसम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ । यसअघि बिहीबार साँझ राष्ट्रपति पौडेलले संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: