Bagmati Samachar Logo

ओली पनि पुगे पार्टी कार्यालय च्यासल , विद्या भण्डारीसँग भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । उनी पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ताका लागि च्यासल पुगेका छन् । भण्डारी च्यासल पुगेको केहीबेरमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली पनि पुगेका हुन् ।

पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएपछि अहिले पार्टी तरंगित छ । पहिले दुई कायकाल एमालेकैउपाध्यक्ष रहेकी भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टी राजनीतिमा ल्याउने कि नल्याउने भनेर अहिले एमालेले छलफल गरिरहेको छ ।
उनको पार्टी सदस्यता पनि होल्ड राखेको एमालेले जानकारी दिएको छ । तर उनले गत असार १४ गते सदस्यता नविकरण गरेको घोषणा गरेकी थिइन् ।
एमालेमा भण्डारीलाई लिएर पक्ष विपक्षमा नेताहरु केन्द्रदेखि जिल्लासम्म विभाजित हुन थालेका छन् । ओलीले आफ्नो लागि चुनौति ठानेका छन् ।