यस्तो छ एमालेको प्रस्तावित विधान (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेले संशोधित विधानबारे पोलिटब्युरोको बैठकमा छलफल सुरू भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार च्यासलमा बसेको पोलिटब्युरोको बैठकमा संशोधित विधान छलफलका लागि पेस गरेका हुन्।
एमालेमा पदाधिकारीसहित ९२ जना पोलिट्ब्युरो सदस्य छन्। एक जनालाई ५ मिनेटका दरले सुझाव दिन समय दिइएको छ।
अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने, पदाधिकारी १९ बाट घटाएरु १५ जना राखेको छ । । तर पहिलो वरीयताको उपाध्यक्ष भने रहनेछन्।
बिहीबार राति अबेर सकिएको सचिवालय बैठकमा भएको सहमतिअनुसार विधान संशोधन प्रस्ताव पोलिट्ब्युरोमा पेस गरिएको हो।
सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने निर्णय गरेको थियो भने चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।
बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। विधान महाधिवेशन प्रतिनिधि हुन महाधिवेशन प्रतिनिधि हुनु पर्ने व्यवस्था यथावत राखेको छ ।
जसअनुसार अब एमालेमा तीन तहका संरचना हुने छन् , जसमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी रहनेछन्।

प्रतिक्रिया दिनुहोस्: