Bagmati Samachar Logo

प्रचण्डसँग शेखरको गुनासो : सरकारले निराशा चिर्न सकेन, ७ बुँदे कार्यन्वयन भएन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहिबार दिउसो प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले २ घण्टा समसामयीक राजनीति विषयमा छलफल गरेका प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

कोइरालाले प्रचण्डसँग केपी ओली नेतृत्वको गठबन्धन सरकारले जुन कुरा भनेर गठबन्धन गरेका थिए त्यस अनुसार काम गर्न नसकेको, अहिलेको निराशा चिर्न नसकेको गुनासो गरेका छन् । बिहीबार सरकारको काम कारबाही र व्यवहार बारे रोष व्यक्त गरेका छन् ।

आचार्यका अनुसार सामान्य गठबन्धन सरकार हुँदा राजनीतिक अस्थिरता बढेको, संविधान संशोधनमा समस्या देखिएको, जनतामा बढ्दै गएको निराशा चिर्न दुई ठुला दल मिल्नुपर्ने प्रस्ताव आफैले गरेको तर एक वर्षमा सरकार असफल भएको गुनासो प्रचण्डसँग राखेका छन् ।

आचार्यले भने, ‘प्रचण्ड र कांग्रेसका नेता शेखर कोइरालासँग देशको समसामयिक राजनीतिबारे खुलेर कुरा भयो । छलफलको क्रममा देशलाई अस्थिरताबाट जोगाउन, सुशासन, समृद्धि र संविधान संशोधनका लागि आफैले दुई ठुला दल कांग्रेस र एमाले मिल्नुपर्छ भनेर प्रस्ताव गरेको । सात बुँदेको आधारमा बनेको अहिलेको गठबन्धन सरकारले जनतामा झन् निराशा थप्यो । संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिको पक्षमा कुनै काम गर्न सकेन, देश झन् अप्ठ्यारो अवस्थामा पुग्यो भनेर उहाँ९शेखर०ले चिन्ता व्यक्त गर्नुभयो ।’

दुई घण्टा लामो छलफलमा प्रचण्डले देश अहिले निकै जटिल अवस्थामा पुगेकाले कांग्रेस र माओवादी एक ठाउँमा उभिनुपर्ने बताएको बुझिएको छ । ओली सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिएको, सङ्घीय निजामती सेवा विधेयकमा देखिएको छेडखानी, विद्यालय विधेयक, सङ्घीय प्रहरी विधेयक लगायत विधेयक अगाडि बढाउन भइरहेको ढिलासुस्ती लगायत विषयमा पनि खुलस्त कुराकानी भएको बुझिएको छ । सरकारले द्रुत गतिमा अगाडि बढाउन खोजिएको भूमि व्यवस्था सम्बन्धी विधेयक लगायत विषयमा पनि छलफल भएको छ ।

सत्ता समीकरण फेरबदलको विषयमा कुनै छलफल नभएको स्रोतले जिकिर गरेको छ । गठबन्धनको संस्कृति अनुसार प्रधानमन्त्री ओली नचलेको, सरकारलाई एमालेकरण गर्न खोजिएको विषयमा भने कोइरालाले असन्तुष्टि पोखेको बुझिएको छ ।
भ्रष्टाचार घट्नको सट्ट बढेको कोइरालाले भेटवार्तामा बताएका खुमलटार स्रोतले बताए ।