Bagmati Samachar Logo

ज्ञानेन्द्रले ‘भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू’ भनेपछि सुनिताको आपत्ति

काठमाडौं । मंगलबारको प्रतिनिधिसभाको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्तिमा एमाले सचेतक सुनिता बरालले नियमापत्ति जनाएकी छिन् ।

शाहीले भनेका थिए, ‘पहिलापहिला एउटा चलन थियो, अहिले पनि छ ज्ञान नपाए काशी जानू, न्याय नपाए गोरखा जानू, अहिले ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू ।’

प्रधानमन्त्रीको नाम नै किटेर बोलिएकाले सो कुरा संसदको नियमविपरीत रहेको भन्दै रेकर्डबाट हटाउन एमाले सचेतक बरालले माग गरेकी हुन् । तर, सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भनेर बैठक अघि बढाए ।