कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस् : रामहरि खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्।
मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा उनले कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने बताए।
उनले भने, ‘कुलिङ पिरियडबारे निजामती कर्मचारी वा अन्य सरकारी कर्मचारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकासको मितिले २ वर्ष पूरा अवधि नभइकने, कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने हामीले उल्लेख गरेका थियौं। यही नै मूल मर्म थियो। त्यसको मुनि एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्यौं । यो कसको गल्तीबाट भएको छ, कसले गर्यो ? त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
आजै सभामुखलाई ध्यानाकर्षण गराउँदा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूलाई पनि आमन्त्रण गरेको तर सहभागी नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्: