Bagmati Samachar Logo

कायर्कर्तालाई निर्वाचनमा केन्द्रीत हुन माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले उक्त कुरा बताएका हुन ।

केहि समय पछि राष्ट्रियसभाको निर्वाचन हुदै छ । त्यसपछि स्थानीय निर्वाचन हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्न निर्देशन दिएका छन् ।

युवाहरुले केहि गर्न खोजेका छन् । मेहनति छन् । युवालाई कृषिमा लगाएर देश समृद्ध बनाउनु पर्छ । उनले भने, ‘देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन सकेको छैन । देशका युवाहरूले केही गर्न चाहेका छन्, मेहनती छन्, त्यसलाई कृषिमा लगाएर देशलाई समृद्ध गर्नुपर्छ ।’

कृषिमा पनि नयाँ–नयाँ प्रविधि आइसकेको छ, कृषि कार्यक्रम सरल भएको छ, ती प्रविधिलाई धेरै भन्दा धेरै प्रयोग गरेर उत्पादन बढाउनु पर्ने बताए ।
नेपालले मानिसले क्षमता अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा कमाउन विदेश जानुपर्ने अवस्था छैन । नेपालमै कृषिको प्रचुर सम्भावना छ ।’

कार्यक्रममा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ३८ जना किसानलाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।