Bagmati Samachar Logo

भेनेजुयलाकी मारिया कोरीना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । भेनेजुयलाकी नेतृ मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार पाएकी छिन् । भेनेजुयलाको सत्ताले तानाशाही शैली अपनाएको भन्दै प्रतिपक्षबाट निरन्तर आवाज उठाउदै आएकी छिन् ।

ज्यान मार्ने लगायत अनेक खाले धम्कीको सामना गर्दै उनी नागरिकका नैसर्गिक अधिकार र लोकतन्त्रको रक्षाका लागि लडिरहेकी छन् । साथै भेनेजुयलामा विभाजित अवस्थामा रहेका विपक्षी दललाई एकताबद्ध गर्दै स्वतन्त्र निर्वाचनको मुद्दालाइ साझा मुद्दा बनाएकी छन् । भेनेजुयली जनताको लोकतान्त्रिक अधिकारलाई सुनिश्चितका लागि उनले गरेको संघर्षका कारण यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

गत चुनावमा सत्त पक्षले उनको उम्मेदवारी खारेज गरे पनि उनले लाखौं युवाहरूलाई चुनावी अनुगमनका लागि प्रशिक्षित गरेकी थिइन् । साथै आफूले समर्थन गरेको उम्मेदवारलाई विजयी गराएकी थिइन्।

यद्यपि, सत्ता पक्षले निर्वाचन मत परिणामलाई अस्वीकार गर्‍यो । तैपनि मारियाले नागरिकहरूलाई शान्तिपूर्ण रूपमा ‘बुलेट’ले नभई ‘ब्यालेट’ले फेरि जित्न सकिन्छ भनेर सम्झाउँदै, बुझाउँदै आफ्नो संघर्ष जारी राखिन् ।