सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमार कारागार चलान
काठमाडौं । सहकारी ठगी अभियोग लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। मेयर नेकपा एमालेबाट विजयी भएका हुन् । उनले बागलुङमा मात्र सहकारीको डेढ अर्ब बचत अपचलन देखिएको छ । बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
त्यस्तै पोखरामा पनि इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन्। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अदालतले कारागार चलान गर्ने आदेश दिएसँगै नेपालीलाई जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्सपेक्टर केशव थापाले जानकारी दिए ।
उनका अनुसार अदालतले नेपालीका भाई ओमबहादुर दर्जीलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मेयर नेपाली आफू अध्यक्ष रहेर पोखरा र बागलुङमा छुट्टा छुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। उनले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताउँदै आएका छन्।
सहकारी अपचलनको मुद्धा परेसँगै नेपाली फरार थिए। उनलाई भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो।
प्रतिक्रिया दिनुहोस्: